ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

रुकुम पश्चिम | बैशाख १८, २०८१

ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

रुकुम पश्चिम:    ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ ।


मंगलबार बिहान त्रिवेणीको सिम्रुत बजारमा भएको दुर्घटनामा परी त्रिवेणी गाउँपालिका–७, खाराका ४५ वर्षीय जयबहादुर गिरीको मृत्यु भएको हो ।


सिम्रुत बजारमा आज बिहान विपरीत दिशाबाट आएको रा १ ख ३२१७ नम्बरको ट्रकले गिरी सवार रा६प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


मोटरसाइकलको ठक्करबाट चालक गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।


ट्रक चालक छत्रेश्वरी गाउँपालिका–७, सल्यान निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्